वीरगञ्ज, २७ साउन । गर्भवती पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जका दिनेशप्रसाद यादवलाई पक्राउ गरेको छ ।
पत्नीको चरित्रमाथि शंका गर्दै पटक पटक झगडा गर्दै आएका यादवले आज बिहान २३ वर्षीय पत्नी प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
यादवलाई वीरगञ्ज महानगरपालिका-२३ ईटियाही टोलबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।
यादवले बिहान करिब ४ बजेको समयमा घरैमा पत्नी प्रतिमाकुमारीको घाँटी दबाएर हत्या गरेका थिए ।






