Logo

गलत निर्णय भए आन्दोलनमा जाने खड्काको चेतावनी, कांग्रेस कार्यकर्तालाई तयारी रहन आह्वान



काठमाडौं, २ माघ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीविरुद्ध षड्यन्त्रपूर्ण निर्णय भए कडा प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्। पार्टी विभाजनपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले नेता–कार्यकर्तालाई सम्भावित संघर्षका लागि तयार रहन निर्देशन दिएका हुन्।

खड्काले निर्वाचन आयोगमा चलिरहेको आधिकारिकता विवादप्रति संकेत गर्दै यदि पार्टीको नाम र चुनाव चिह्न गगन समूहलाई दिइए आन्दोलनको बाटो रोज्न बाध्य हुने स्पष्ट पारे। उनले पार्टीमाथि अन्याय हुने कुनै पनि निर्णय स्वीकार्य नहुने बताए।

उनले भने, “हामीमाथि कुनै षड्यन्त्र गरियो वा गलत निर्णय आयो भने त्यसको प्रतिकार गर्न आवश्यक परे विरोधका कार्यक्रममा जान तयार रहनुपर्छ।”

उनको भनाइले कांग्रेसभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्