काठमाडौँ, ३० असार । भारतले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् ।
नेपाल उद्योग वाणिज्य सङ्घले आफ्नो सम्मानमा आयोजना गरेको भेटवार्तामा राजदूत श्रीवास्तवले यो कुरा बताएका हुन् ।
स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।
भारत सरकार भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईँहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, राजदूत श्रीवास्तवले भने, हामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौँ ।







