अमेरिका, २१ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गरेका छन् ।
एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गरेका हुन् ।
यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ । बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित नहुने समेत बताएका छन् ।
बाइडेनले गाँजाको अवैध खरिद-बिक्री, व्यापार र कम उमेरमा हुने बिक्रीमा आवश्यक प्रतिबन्ध भने कायमै रहने बताएका हुन् ।