Logo

गाईघाट महोत्सवमा दुई करोड बढीको कारोबार



उदयपुर, १४ फागुन । स्थानीय खानाको परिकार, स्थानीय वस्तुको बजारीकरण विस्तार गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुर जिल्लाको गाईघाटस्थित बरुवा बसपार्क परिसरमा सञ्चालन भएको दोस्रो प्रदेशस्तरीय महोत्सव रु दुई करोडभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ ।

आयोजक त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवमा रु दुई करोड १५ लाखको कारोबार भएको हो । महोत्सवमा सबैभन्दा बढी कारोबार स्थानीय खानाका परिकारको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्