Logo

गाउँगाउँमा सिंहदरबार पुर्‍याउन कांगेसको जित आवश्यक: सिंह



काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्‍याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायकको गणेशमान वाटिकामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न जनताको घरघरमा अभियान लिएर जान कार्यकर्तालाई निर्देशन दिए ।

“हाम्रै नेतृत्वमा शान्ति प्रक्रियादेखि संंविधान निर्माणसम्मको अभिभारा पूरा भयो, अब संविधान कार्यान्वयन गरेर अगाडि बढ्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको छ,” उनले भने, “झन्डै दुई तिहाइ बहुमतको नजिक रहेको कम्युनिस्टबाट संविधानलाई निमोठ्ने प्रयास भयो । उनीहरूको भित्रभित्रैको मारामारले दुई-दुईपटक सरकार भङ्ग भयो, अनि बाध्य भएर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो ।”

प्रतिक्रिया दिनुहोस्