इजरायल, ६ फागुन । गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरि गरिएको इजरायली आक्रमणमा कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल-जावैदा र देइर अल-बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।
उद्धारकर्ताहरूले ४० वटा शवहरू उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि रहेका छन् । मृतक तथा घाइतेहरूलाई देइर अल-बलाह सहरको अल-अक्सा शहीद अस्पतालमा राखिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सात अक्टोबर २०२३ मा गाजा पट्टीमा इजरायली युद्ध सुरु भएदेखि मृत्यु प्यालेस्टिनीको सङ्ख्या २८ हजार ८५८ पुगेको छ ।