Logo

गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी



इरान, ६ कार्तिक । इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ ।

गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो ।

इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएको छ । उनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गरेका छन् ।

इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ ।

युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । गाजा क्षेत्रको अवस्था जटिल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्