Logo

गाजामा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसङ्घको आपत्ति



इजरायल, ८ फागुन । इजरायलले गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको छ ।

राष्ट्रसङ्घले इजरायलले रफाहमा आक्रमण गरे यो निकै विनाशकारी घटना हुने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

रफाहमा १० लाखभन्दा बढी शरणार्थी र स्थानीयसहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई राष्ट्रसङ्घले आग्रह गरेको खबरमा उल्लेख छ ।

यसअघि इजरायलले विद्रोही समूह हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० अर्थात् फागुन २७ गतेसम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको थियो ।

यस वर्षको मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो । इजरायलले अस्पतालहरुमा सैन्य अभियान चलाइरहेकोप्रति पनि राष्ट्रसङ्घले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्