Logo

गाजामा दैनिक चार घण्टा युद्धविराम



इजरायल, २४ कार्तिक । इजरायल गाजामा जारी आक्रमण दैनिक चार घण्टा स्थगित गर्न तयार भएको छ ।

उत्तरी गाजामा तीव्र कारबाही गरिरहेको इजरायल मानवीय सहायताका लागि भन्दै दिनमा चार घण्टा सैन्य कारबाही रोक्न तयार भएको हो ।

कारबाही रोक्नुअघि र कारबाही शुरु हुनुअघि सूचना जारी गर्न तयार भएको एक इजरायली उच्च अधिकारीले जानकारी दिएको सीएनएनले जनाएको छ । यो समयमा त्यहाँबाट निस्किन बाँकी रहेका नागरिकलाई दक्षिणतर्फ पठाइने छ ।

यस्तो युद्धविराम सीमित क्षेत्रमा मात्र लागू गरिने बताइएको छ । यस्तो समयमा मानवीय सहायताका लागि त्यहाँ पुगेका स्वयम् सेवक परिचालन हुने र उद्धारमा सघाउ गर्ने जनाइएको छ । उत्तरी गाजाबाट हिजो मात्रै ८० हजार बाहिरिएका छन् ।

उत्तरी गाजामा इजरायलले हमासका क्याम्प ध्वस्त पार्ने भन्दै ठूलो कारबाही गरेको जहाँबाट लाखौँ मानिस दक्षिणतर्फ लागिसकेका छन् । जारी युद्धमा गाजामा १० हजार बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा साढे ४ हजार बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्