इजरायल, १६ मङ्सिर । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।
‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ । थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ ।
इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।







