Logo

गाजास्थित शरणार्थी शिविरमा आक्रमण: ७० जनाको मृत्यु



इजरायल, पुस ९ । इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ । घाइतेलाई नजिकैको अल-अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । यीमध्ये धेरै बालबालिका रहेको जनाइएको छ ।

इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गरेयता इजरायलले सुरु गरेको हवाई तथा स्थल आक्रमणमा गाजापट्टीमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ भने ५४ हजार घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्