Logo

गाडीमा करेन्ट लाग्दा १० जनाको मृत्यु, १६ जना घाइते



भारत, १६ साउन । भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो ।

घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्