Logo

गान्धी दिवसलाई नेपालमा स्वच्छता दिवसका रूपमा मनाउनुपर्छ: श्रीवास्तव



काठमाडौँ, १६ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् ।

१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताए ।

उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताए । उनले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगालेमा अहिंसा र शान्तिको पथमा समाज रूपान्तरण हुने दाबी गरेका थिए ।

‘प्रधानमन्त्री मोदीले २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागु गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै नेपालमा पनि यसको अनुशरण भयो भने राम्रो नै हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्