Logo

गायक रमण र अस्मिताको ‘मुखै चिलाउनी’ गीत सार्वजनिक



काठमाडौँ, १९ फागुन । गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी मोडल गीत ढुंगानाको प्रेम र रोमान्स देख्न सकिन्छ ।

केशव राज भट्टको निर्देशनमा तयार मुखै चिलाउनी रोमान्टिक प्रेम कहानी हो । गायक रमणका घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पा छैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियो बजारमा आइसकेका छन् ।

भिडियो उनकै अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट बजारमा आएको हो । भिडियोको निर्माण सबिना कुँवर रेग्मीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्