Logo

गायिका दीपा झाको ‘झिलमिल सितारा’ सार्वजनिक



काठमाडौँ, ७ माघ । गायिका दीपा झाको एकल गीतिसङ्ग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । सङ्गीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, सङ्गीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका दीपा झाले संयुक्त रूपमा एल्बम सार्वजनिक गरेका हुन् ।

एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बममा दीपाले दुईवटा गीतमा श्रीमान् उदितनारायण झा र एउटा गीतमा छोरा आदित्यनारायण झासँग युगल स्वर दिएका छन् ।

कार्यक्रममा एल्बममा समावेश गीत ‘हे माया’को भिडियोसमेत प्रदर्शन गरिएको थियो । गीत म्युजिक नेपालको युट्युब च्यानल म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्ममार्फत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्