Logo

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ खुल्यो



काठमाण्डौ, २१ पुस ।  गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले सर्वसाधरण समूहमा जारी गर्ने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो ।

अङ्कित मूल्य एक सयका दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्