झापा, १९ जेठ । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका सामाजिक ब्यक्तित्व राजु गिरी र मिनादेबी गिरीले आफ्नो बैवाहिक बर्षगाठ सामाजिक कार्य गरेर मनाउनुभएको छ । उहाहरुले अपाङ्ग तथा असहायलाई सहयोग गरेर बैवाहिक बर्षगाठ मनाउनुभएको हो ।
गिरी दम्पतीले गत जेठ १७ गते परेको बैवाहिक वर्ष गाठको अवसरमा घोषणा गरेको ब्हील चियर वितरण अन्तरगत शनिवार (आज) अर्जुनधारा–४का अन्दाजी ३५ बर्षिय अपाङ्ग लक्ष्मण बस्नेतलाई प्रदान गर्नुभएकोछ । गिरी दम्पत्तीले आज दहिझोडा सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष अर्जुन बस्नेत र कार्यालय सचिव युवराज खड्का मार्फत अपाङ्ग बस्नेतलाई ब्हील चियर प्रदान गनुभएको हो ।
गिरी दम्पत्तीले आफ्नो, छोरा पंकज गिरी र छोरी प्रकृति गिरीको जन्मोत्सवमा पनि अपाङ्ग, असहायलाई सहयोग गरेर मनाउँदै आउनुभएको छ ।
परिवारका सदस्यको जन्मोत्सव तथा बैवाहिक बर्षगाठमा यसअघि पनि गिरी दम्पतीले असहाय तथा अपाङ्गलाई सहयोग गरेर मनाउँदै आउनुभएको छ ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले जन्मोत्सव तथा बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर सहयोग गर्न सवैलाई आग्रह समेत गर्नुभयो ।
यसअघि गत चैत १० गते परेको आफ्नो जन्मोत्सवमा पनि राजु गिरीले अर्जुनधारा–५ का अन्दाजी ६५ बर्षिय अपाङ्गता भएका टितबहादुर साहलाई ब्हील चियर वितरण गर्नुभएको थियो ।






