अर्जुनधारा, ७ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता वाचन प्रतियोगितात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
गीता जयन्तिको अवसर पारेर काशी मणि पितृ स्मृति समूहले आयोजना गरेको प्रतियोगितामा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रमले प्रथम स्थान हासिल गरेको हो ।
सप्तऋषी गुरुकुल अर्जुनधारा नगरपालिका वडा नं.९ द्वितीय र भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालय अर्जुनधारा नगरपालिका वडा नं.९ ले तृतीय र सान्त्वना स्थान हासिल गरी नगद, डायरी र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।
आश्रमका प्रधानाध्यापक अम्बिकाप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पुर्वप्राध्यापक वरिष्ठ समाजसेवी व्यक्तित्व मोहन भण्डारी रहेका थिए ।
विभिन्न संघसंस्था, गुरुकुल प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा जम्मा सात वटा गुरुकुलका १४ जना विद्यार्थीको सहभागीता रहेको थियो ।
विष्णुकुमार भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रमको स्वागत बिष्णु भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन स्मृती समुहका सचिव गणेश भट्टराईले गरेका थिए ।