Logo

गुटेरेसको प्रयोजनविहीन नेपाल भ्रमण आश्चर्यजनक: अध्यक्ष थापा



काठमाडौँ, १२ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणप्रति आश्चर्य व्यक्त गरेका छन् ।

इजरायल-हमास युद्धका कारण धेरै मानिसको मृत्यु र जीवन कष्टकर भएका बेला गुटेरेसको ‘प्रयोजनविहीन’ भ्रमणप्रति उनले आश्चर्य व्यक्त गरेका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले गुटेरेसको भ्रमणप्रति असन्तुष्टि जनाएका छन् । संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा गुटेरेस नेपाल आएको उनले उल्लेख गरेका छन् ।

“अतिथिलाई स्वागत छ । तर, इजरायल-गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भइरहेको छ,” अध्यक्ष थापाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।”

प्रतिक्रिया दिनुहोस्