Logo

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम: गिरी



काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन् ।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताए ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरूस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए। उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्