Logo

गुनासो सुन्न “नमस्ते गुराँस” कार्यक्रम



 

दैलेख,४ असोज। जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”कार्यक्रम शुभारम्भ गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा उक्त कार्यक्रम शुभारम्भ गरेको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

“नमस्ते गुराँस” कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले स्थानीय तहका जनप्रतिनिधि मात्र नभई संघियता माथी गम्भिर प्रश्न उठीरहेको अबस्थामा गुराँस गाउँपालिकाले नागरिकका गुनासा सुन्ने र समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम शुभारम्भ गरेको भन्दै गाउँपालिकालाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्मबमोजीम पारदर्शिता र जवाफदेहिताको राम्रो उदाहरण बन्न नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणालीलाई दिगो रुपमा सञ्चालन गर्न आग्रह गर्दै नागरिकको अवस्था बदल्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले स्थानीय सरकारले प्रवाह गरेको सेवा सुविधाको प्रभावकारीताका विषयमा नागरिकले घरमै बसेर गुनासो गर्न सक्ने प्रणाली नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँले गुराँस गाउँपालिकाको विशेष पहल र संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना–२ को प्राविधिक सहयोगमा नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो गुनासो गर्न गाउँपालिकाको वइवसाईड, टोल फ्रि नं १६६०८९११००० र हर्ट लाइन नं ९८५८०३५१४४ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ।

अध्यक्ष बिसीले गुराँस गाउँपालिका भित्रका जुनसुकै गुनासो भए वा सुझाव भए नमस्ते गुराँस मार्फत गुनासो गर्न सम्पुर्ण गुराँसबासी नागरिकहरुलाई आग्रह गर्दै आएका गुनसालाई तत्काल सम्बोधन गर्न आफूहरु लाग्ने बताउनुभयो । जिल्लाका अधिकांश स्थानीय तहमा नागरिकका गुनासो सम्बोधन गर्ने उद्देश्यले एप्स निर्माण गरी सञ्चालन नगरिरहेको बेला गुराँस गाउँपालिकाले लोकप्रियका नाममा मात्र उक्त कार्यक्रम संचालन गर्न नहुने स्थानीयले बताएका छन् ।

गुराँस गाउँपालिका –४ खड्कवाडाका कर्ण बहादुर शाहीले गुनासो ब्यबस्थापन प्रणालीमा आएको गुनासो सम्बोधन नगर्ने भए यस्ता कार्यक्रम सञ्चालन गर्न नुहने बताउनुभयो । उहाँले भन्नुभयो, गुनासोकर्ताले गुनासो गरेको कति दिनभित्र त्यसको जवाफ पाउने हो त्यो समेत उल्लेख गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्