Logo

गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा प्रधानमन्त्रीको चित्त दुख्यो: ओली



वीरेन्द्रनगर, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन दुखेको जिकिर गरेका छन् ।

आइतवार वीरेन्द्रनगरमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको भूमि फिर्ता ल्याउने कुरा गर्दा देउवाको मन दुखेको बताएका हुन् ।

उनले भने, ‘देशको गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा किन तपाईँलाई खलल पसिना आउने, किन चित्त दुख्ने शेरबहादुरजी?गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा उहाँको चित्त  दुखेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई पाँच पल्ट प्रधानमन्त्री भएर गरेको एउटा काम देखाउन प्रश्न गरे । ‘पाँच पल्ट प्रधानमन्त्री भएर के गर्नुभयो? एउटा मात्र काम देखाइदिनुस् । आफ्ना लागि गर्नु भयो होला, देशका लागि के गर्नु भयो भन्नुस्?’। उनले भने । उनले एमालेले गरेको काम हेर्न प्रधानमन्त्री देउवालाई दायाँ-बायाँ, अगाडि-पछाडि हेर्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्