Logo

गुरुङ भन्छन्: दुई तहको संघीय संरचना बनाउनुपर्छ



काठमाडौँ, १४ असार । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् ।

मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका हुन् ।

उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको बताए । उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने बताए । सोही अनुरूपको क्षेत्राधिकारहरूको बाँडफाँट हुनु जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्