Logo

गुल्मी-२ मा एमालेको विरासत तोडेर देखाउँछु: झाँक्री



काठमाडौँ, ५ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी-२ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्- हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । “गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”

झाँक्रीले सामाजिक सञ्जालमार्फत् आफू गुल्मीबाटै चुनाव लड्न चाहेको संकेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्