विराटनगर, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकणमा गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा नरहेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले सुन तस्करी सरकारकै निकायले पत्ता लगाएको हो । गृहमन्त्रीले राजीनामा दिएपछि मात्रै रोकिने हो ? उनले प्रश्न गरे ।
रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए ।







