Logo

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन



काठमाडौँ, २२ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलले आज प्रदर्शन गरेको छ ।

काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

दुई दिनअघि रिपोर्टस क्लबमा भएको एक कार्यक्रममा भाग लिएर निस्कने क्रममा नुवाकोटका श्याम सापकोटाले यादवमाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्