Logo

गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार



काठमाडौं, १० असार । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए ।

संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे ।

यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइएको उनीहरुको भनाइ थियो । वाग्लेले बोलेपछि रास्वपा र शाहीले बोलेपछि राप्रपाका सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् ।

सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो, तर उनीहरुले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्