Logo

गृहमन्त्री खाँणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता



काठमाडौँ, २७ असोज । गृहमन्त्री बालकृष्ण खाँणसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

बिहीबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा नेपाल-भारबिचको आपसी सम्बन्ध र सहयोग आदान-प्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीको सचिवालयले भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न शुभकामना दिएका छन् ।

“गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न लागिरहेको बताउनुभयो,” सचिवालयले भनेको छ, “नेपाल र भारतबिच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्