Logo

गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ ।

अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्