काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्।
स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
आन्दोलनमा सरकारले व्यापक दमन गर्दा ठूलो मानवीय क्षति भएको छ। प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा दुई जना गरी १९ जनाले ज्यान गुमाएका छन्।
प्रहरी दमनबाट ३०० जनाभन्दा बढी घाइते भएका छन्।
कर्फ्युको सीमा पूर्वमा विर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचौक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड तोकिएको छ।