Logo

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चमा आज सुनुवाइ



काठमाडौँ, २२ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।

आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ ।

लामिछानेको नागरिकता तथा राहदानीको विषयमा उनको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्