काठमाडौँ, १३ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन् ।
बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आम नागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन् ।
सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो ।
पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन् । अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती अझै भोग्न बाध्य छन् ।







