काठमाडौँ, १४ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन् ।
उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन् ।
सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने गत सोमबार उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका हुन् ।







