काठमाडौँ, ३ कात्तिक । हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
“उपप्रधानमन्त्रीज्यूको स्वास्थ्यमा राम्रो सुधार भएको छ । उहाँलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । उहाँ अहिले कुराकानी गर्न सक्नुहुन्छ,” गिरीले भने ।
उनलाई चीन भ्रमणकै क्रममा बेला बिहीबार बिहान बेइजिङमा हृदयघात भएको थियो । त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।







