Logo

गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा



काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका छन् ।

हिजोराति गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

यसरी भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन् । गृह मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थिर रहेको छ । सघन कक्षमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्