Logo

गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रदर्शन



काठमाडौँ, ५ वैशाख । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी लगाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको मिटरब्याज विरुद्ध किसान-मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने समेत बताएका हुन् ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्