
काठमाडौँ, ३ असार । गृह मन्त्रालयको एसएमएस सूचना प्रणाली ह्याक भएको छ । गृह मन्त्रालयको Moha एसएमएस हुयाक गरेर चीन विरोधी सूचना प्रवाह भएको छ । बुधबार २ः१४ मा Moha बाट सूचना प्रवाह भएको थियो । चीन बिरोधी उक्त राती ८ः२४ मा गृह मन्त्रालयले अर्को सूचना प्रवाह गरेर सच्याएको छ ।
एसएमएसमा चीनले क्षेत्रिय शान्ति स्थापना गर्न चीनको एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ उल्लेख छ । हामी भारतका भाईहरुसँग दृढ भइ खडा छौँ लेखिएको छ । म्यासेजमा ज्यान गुमाउने भारतीय सेनाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
लद्धाख सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच सोमबार राती भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । भारत र चीनको सीमा क्षेत्रमा हाल तनाव बढी रहेको अवस्थामा गृह मन्त्रालयको एसएमएस सूचना प्रणालीबाट चीन विरोधी सूचना प्रवाह भएको हो । गृह मन्त्रालयले यसलाई अर्थपूर्ण रुपमा लिएको बताइएको छ ।

नेपालले चीन बिरोधी यस्तो सूचना प्रवाह गर्ने विषय आफैँमा आश्चर्यजनक विषय हो । त्यसमा भाषा नमिल्नु, पहिलो बाक्यांशको अर्थ प्रस्ट नहुनुले कम्प्युटरका ज्ञान नभएका वा नेपाली भाषाको राम्रो ज्ञान नभएका भारतीय ह्याकरले हुयाक गरेको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल चीनको पक्षमा लागेको भन्ने प्रचारले भारतीय ह्याकरले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको छ ।
गृह मन्त्रालयले अको अर्को एसएमएस पठाउँदै सूचना प्रणली ह्याक भएको स्वीकार गरेको छ । गृहले गलत र भ्रामक एसएमएस प्रसारित गरिएको पाइएको र त्यो सूचना मन्त्रालयले नपठाएको उल्लेख गरेको छ ।
कमजोर आइटी सुरक्षा प्रणाली
नेपाल सरकारको आईटी सुरक्षा प्रणाली कमजोर देखिएको छ । नेपालका विभिन्न कार्यालय तथा वित्तिय संस्थाका बेभ साइड ह्याक हुँदै आएका छन् । त्यसमा गृह मन्त्रालयकै एसएमएस प्राणाली ह्याक हुनुले सरकारको आइटी सुरक्षा प्रणाली कमजोर भएको प्रमाणित भएको छ ।
गृह मन्त्रालयको आई विभागले सूचना प्रणली ह्याक कसरी भयो र कसले गर्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेको गृह स्रोतले जनाएको छ ।