Logo

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई



काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छिन् ।

रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुन: नयाँ नागरिकता लिनुपर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनलाई गैरनागरिक घोषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्