Logo

राजनीतिक टग अफ वार नगर्न एनआरएनएलाई प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौँ, ११ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।

गैह्रआवासीय नेपाली दिवस र गैह्रआवासीय नेपाल संघ–एआरएनको वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरणको प्रयोग बढ्दो भएकाले सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट गैह्रआवासीय नेपाली संघलाई कुनै हस्तक्षेप नहुने र सकेको सहयोग गर्ने भन्दै स्वतन्त्ररुपमा काम गर्न आग्रह समेत गर्नुभयो ।

गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याँइ नगर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्