Logo

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला



काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ । बास्कोटाको घरमा नेपाली सेनाको डिस्पोज टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्