गोरखा, ३१ जेठ । गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
चितवनको नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर ढुङ्गागाढेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते भएका गोरखा नगरपालिका-१४ का २७ वर्षका कमल पन्त र आरुघाट गाउँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेलाई चितवनको भरतपुर मेडिकल कजेलमा रेफर गरिएको गोरखा अस्पतालले जनाएको छ । अन्य घाइतेको भने गोरखा अस्पतालमै उपचार भइरहेको छ ।







