Logo

गोरखा-२ बाट प्रचण्ड निर्वाचित



गोरखा, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट १३ हजार भन्दा बढी मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी रहे पनि प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेको बताइएको छ । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो मत प्राप्त गरेका छन् । मियाले ७ हजार ३ सय ९३ मत प्राप्त गरेको बताइएको छ ।

२०६४ साल यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो चौथो जित हो । उनी दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्