पाँचथर, ११ असार । पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ ।
सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो ।
गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।