Logo

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ



काठमाडौँ, २६ मङ्सिर । ललितपुरको झम्सीखेलबाट एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर झम्सीखेलबाट उदयपुर घर भएका ४५ वर्षका अविनाश राईलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको छ ।

खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्