कपिलवस्तु, ८ वैशाख । कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा मृत्यु भएको छ ।
झापाको गौरादह नगरपालिका-१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा मृत्यु गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।
राजवंशी बुधबार बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।