Logo

नेपाल एअरलाइन्सको मलेसिया-भैरहवा उडान सुरु



भैरहवा, ३० जेठ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ ।

मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको हो ।

नेपाल एयरलाइन्सको तालिकाअनुसार सोमबार काठमाडौँबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० मंगलबार क्वालालम्पुरबाट भैरहवामा अवतरण भएको हो ।

उक्त विमान आज बिहान ८:५५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावलले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ । भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्