Logo

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भयो’



भैरहवा, २ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् ।

विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए ।

उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पु¥याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्