झापा, ९ जेष्ठ । गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।
गएराति सकिएको मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगर प्रमुख हुन् ।
यसैगरी उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।