Logo

गौरीगञ्जको अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित



झापा, ९ जेष्ठ । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी छन् । राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरेकी हुन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्